काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको रिटमाथि सुनुवाइ हुँदैछ । झाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश ढुङ्गानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखरले असार ३० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
हिरासतमा गीता पाठ गरेर बस्छन् बेचन झा