काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उनले यस्तो बताएका हुन । उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए। उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने जानकारी दिए ।
मन्त्री सिंहले सङ्घीयताको मर्म र भवनाअनुसार कानुनहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको जिकिर गरे । उनले जनताको चाहना पूरा गर्नका लाग कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए। उनले युवाहरु रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए ।
उनले भने , ‘‘सार्वभौम सत्ता जनतामा निहित हुनेकुरा र राष्ट्रियताको बारेमा बाहेक अरु सबैमा संशोधन गर्नसक्ने प्रावधान भएकाले यो समयको माग बमोजिमे संविधान जारी गरिसकेपछि पनि आम निर्वाचन भएका छन् ।,’’ मन्त्री सिंहले भन्नुभयो, ‘‘तर अभ्यासमा सङ्घीयताको मर्म र भवनाअनुसार सङ्घीय संसद बनाउन पनि संविधान, कानुनहरु हामीले समयमा बनाउन नसकेको कारणले हो की के हो, तीन तहको सरकारको पूर्ण रुपमा तीन तहकै सरकारहरु अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था आउने थिएन । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनेको छ, यो सरकार जनताको चाहनाअनुसार जुन अपेक्षलाई पूरा गर्नका लागि हो ।’’
मन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह