काठमाडौ । चितवनको फिस्लिङमा पहिरो जाँदा मुग्लिन काठमाडौँ सडक अवरुद्ध भएको छ।
सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना- ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।
उनले भनिन-‘केहीबेरअघिबाट एउटा जेसीभी प्रयोग गरेर सडकको लेदो हटाउन थालिएको र पहिरो हटाउन लोडर पनि मगाएका छौँ ।' उनका अनुसार सम्पूर्ण पहिरो हटाएर सडकमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला