हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे ।
प्रदेश सभाबाट आफूले गरेका कामकाे रेकर्ड गराउन बैठक राख्न आग्रह गरेकाे र विश्वासकाे मत लिने प्रस्ताव दर्ता गरेकाे बताउँदै नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेकाे मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने उनले बताए ।
२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।
जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।
२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो ।
बागमतीमा अब कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती मन्त्रिपरिषद्बाट सरकारको नीति कार्यक्रम स्वीकृत
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहाेर व्यवस्थापन
खोला किनारसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने सरकारको निर्णय
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो