काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले अघिल्लोे सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाएकाले राजनीतिक स्थीरता पनि हुने उनको दाबी छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक अस्थीरता हुँदा जनचाहना अनुरुप काम नभएकाले अबको स्थीर सरकारले विगतको भन्दा राम्रो काम गरेर देखाउने बताए ।
‘अगाडिका सरकार टिक्न सकेनन् । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडिका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।’
मन्त्री सिंहले पालिकाहरु प्रत्यक्ष जनतासँग जोडिएकाले सरकार भएकाले जनअपेक्षा अनुरुप प्रभावकारी काम गर्न ध्यान दिनुपर्ने समेत बताए । नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सहज ढंगले सेवा पाउने वातावरण मिलाउन सुझाव पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपप्रधानमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता, समयमै काम गर्न निर्देशन
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह