काठमाडौं। जानकी– बाँकेबाट चित्तलको मासुसहित एक जनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फको निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै समूह वन्यजन्तुको सिकार गर्नलाई बसेका अन्य परार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।
‘चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो,’ साहले भने, ‘गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।’
पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका अधिकृत साहले जानकारी दिए । उनले अन्य सिकारी घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरू सबैलाई नियमानुसार कारबाही गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ