काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आफूहरुले साथ दिने बताएका छन् । आज (शनिबार) डा.मुक्ति रिजालले लेखेको ‘बाबुरामः अ भिजिनरी रिवेल’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिएपनि विगतमा उठाएका मुद्दामा उत्तिकै खह्रो उत्रिने बताएका छन् ।
कांग्रेसले विगतमा गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीको संलग्नता रहेको विषय उठाइरहेको थियो । सोही विषयतर्फ लक्षित गर्दै महामन्त्री शर्माले भने,‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले साथ दिन्छौं । तर, उत्तिकै खह्रो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन कि हामी उभिएर विश्वासको मत दिएका छौं, त्यसकारण तपाईँको बारेमा विगतमा उठाएको मुद्दा सबै थन्को लगाउँछौं, त्यो विलकूल होईन ।’
दुईवटा ठूला दल मिलेर सरकार बनाउँदा प्रतिपक्षीय स्वर कमजोर हुन्छ कि भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता बढिरहेको उनले बताए । महामन्त्री शर्माले अब नेकपा (माओवादी केन्द्र) खह्रो ढङ्गले नै प्रतिपक्ष बन्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा
गगन थापा प्रधानमन्त्री बन्ने मुभमेन्टले राष्ट्रव्यापी प्रभाव बढाइरहेको छ : विश्वप्रकाश शर्मा