काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् । बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।
उनले भने, ‘सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ ।’ उनले राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या समेत गरे । भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे ।
यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’
उनका अनुसार माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको हो । मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको उनले बताए । ‘हामीले स्ट्रेचर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन,’ भुसालले भने, ‘यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भुसाल
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
राजावादीहरू मुलुकमा आतंक फैलाएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा छन्: महासचिव भुसाल
गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
अब महाधिवेशन अघिका सबै नकारात्मक कुरा अन्त्य गरौँ : महासचिव भुसाल
३ वर्षमा हण्डर–ठक्कर खायौं होला, तर विद्रोह सही प्रमाणित भयो: घनश्याम भुसाल