एजेन्सी । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ ।
अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।
पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।
कालो ट्राउजर र टि–सर्ट लगाएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गरेनन् । आफूलाई लैजाँदा उनले पत्रकार साथीहरूलाई हात हल्लाएका थिए ।
आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार हुन् । उनलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो ।
प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ साउन २०८१, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन