काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरण काटेको विभिन्न उद्योगको बिजुली जोड्न तयार देखिएको छैन ।
शुक्रबार मात्र प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए ।
डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले लाइन नजोड्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए ।
प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधका बिच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै ओलीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति