काठमाडौं। नवौं महिला एशिया कप क्रिकेटमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनायो ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १६ : २०
लेखकबाट थप