काठमाडौँ । देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।
सबैभन्दा धेरै रोपाई मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।
यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ ।लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयको अनुमान छ । यसमध्ये २ लाख ७हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।
कर्णाली प्रदेशमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।सुदूरपश्चिममा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यहाँ करिब १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।
यो वर्ष देशभर करिब ६९ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष यो समयावधिमा ५६ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनस्पति घिउमा ट्रान्स फ्याट बढी भए कारबाही गर्ने विभागको चेतावनी
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
चाडपर्वमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अधिकारीको अपिल
कृषि मन्त्री अधिकारीद्वारा आफ्नो सय दिने उपलब्धि सार्वजनिक
कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने