काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना सङ्क्रमण देखिएको छ। लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी सङ्क्रमित भेटिए। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन्।
उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन्। बाइडेनलाई कोरोना सङ्क्रमणको हल्का लक्षण देखिएको छ। अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ।
राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ। अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना सङ्क्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ।
यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन