हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् । सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।
त्यसै अनुसार मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उनी पदमुक्त हुने निश्चितजस्तै छ ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । तर साढे दुई महिनामा नै एमाले बाहिरियो भने नेपाली कांग्रेस जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भयो । गत फागुनमा केन्द्रमा एमाले र माओवादीबीच सहमति भएपछि चैत २०८० मा एमाले सरकारमा आयो भने कांग्रेस बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा