हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् । सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।
त्यसै अनुसार मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उनी पदमुक्त हुने निश्चितजस्तै छ ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । तर साढे दुई महिनामा नै एमाले बाहिरियो भने नेपाली कांग्रेस जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भयो । गत फागुनमा केन्द्रमा एमाले र माओवादीबीच सहमति भएपछि चैत २०८० मा एमाले सरकारमा आयो भने कांग्रेस बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट