जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको सभामुख मण्डलले बताए ।
बजेटमा त्रुटि भएको सरकारले स्वीकार गरेको भन्दै जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइरहेको थियो । जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट संशोधन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ