काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेल छन् ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले कुमारीगालबाट पक्राउ गरेको हो ।उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ