चितवनका आदिबासी थारुले धुमधामसँग मनाए जितिया (फोटोफिचर)

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०७५, १५ : १९
चितवनका आदिबासी थारुले धुमधामसँग मनाए जितिया (फोटोफिचर)

चितवन : जितिया पर्व थारु महिलाहरुको एउटा साँस्कृतिक र धार्मिक पर्व हो । यो पर्व थारुबाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसँग मनाउँछन् । जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लामा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । 
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । यसवर्ष असोज १५ गते लाहा खाएके, १६ गते उपास र १७ गते पारनको तिथि परेको छ । जितियामा निराहार ब्रत बसिन्छ । तर ब्रत नबस्ने महिलाहरुको पनि उत्तिकै सक्रियता हुन्छ । ब्रत बस्ने महिलाहरुलाई “पब्नाहरी” र नबस्नेलाई “धोब्नाहरी” भनिन्छ । 

प्रतिक्रिया दिनुहोस