सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा उत्रिए

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, ११ : ०८
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा उत्रिए

काठमाडौं। ५५ वर्षमा पहिलोपटक दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार मजदुरले मंगलबार अनिश्चितकालीन हडताल गरेका छन् ।

तलब र अन्य सुविधाको माग गर्दै युनियनले हड्तालको घोषणा गरेको थियो । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले तीनदिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो ।व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।

युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, 'पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।'

युनियनले हडतालका कारण उत्पादन अवरुद्ध भएको जनाएको छ, यद्यपि सामसुङले यो दाबीलाई अस्वीकार गरेको छ।गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस