नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १६ : ४७
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा यातायात कार्यालयका उपसचिवसहित १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा सोमवार मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दीलिपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ ।

१५ जना प्रतिवादीमध्ये पक्राउ परेका ६ जनाको बयान कार्य मंगलवारदेखि अदालतमा शुरु भएको छ । ९ जना भने फरार छन् ।सेटिङको भरमा नक्कली लाइसेन्स वितरण गर्ने धन्दाको पर्दाफास लोकान्तरले गरेको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छुट्टा छुट्टै अनुसन्धान गरेका थिए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस