काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ । सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन छन् ।
झडपमा संलग्न ११ जनालाई कानुन अनुसार कारबाही अघि बढाउन लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।
डुडुवा गाउँपालिका स्थित रिहमुनियामा संचालित सुधार गृहमा यसअघि पनि झडप भएको थियो । हराएका दुईजनाको खोजी भइरहेको प्रजीअ रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, १२ : ०३
लेखकबाट थप