जनकपुरधाम । केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । नेकपा एमाले-नेपाली कांग्रेससंग भएको सहमती अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको बुझिएको छ ।
अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बािणज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएकी छन् ।
मुख्यमन्त्री सिंह अहिले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनले मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन लागेको बुझिएको छ ।a६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले विश्वासको मत लिदैछन् । त्यसअघि नै चार दलका छ मन्त्रीलाई हटाएका उनले सम्भवतः आजै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण