काठमाडौ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका बेचन झालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो ।
गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असार २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
हिरासतमा गीता पाठ गरेर बस्छन् बेचन झा