चितवनमा खुला एथलेटिक्स प्रतियोगिता हुने

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १८ : १५
चितवनमा खुला एथलेटिक्स प्रतियोगिता हुने

चितवन । असोज २१ गते भरतपुरमा खुला एथलेटिक्स प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा महिला र पुरुषबीच एथलेटिक्सका विभिन्न ४ विधामा खुला प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । 

२१ गते विहान ७ वजे आँपटारीबाट केन्द्रीय वसपार्कसम्म पुरुष ५ किमि र महिला ३ किमि दौड हुने आयोजक संस्थाका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिए । 

यस विधामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोेले ५ हजार नगद पुरस्कार पाउने छन् । सोही दिन दिउँसो गेष्टहाउस चउरमा लङजम्म, १०० मिटर दौड र सटपुट हुने अध्यक्ष मगरले जानकारी दिए । उक्त तीन विधाका पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार र र २ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस