काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनी गत शुक्रबार पक्राउ परेका थिए भने अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न यसअघि दिएको म्याद बिहीबार सकिँदैछ । झाको नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको कनेक्सन रहेको बताइँदै आएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा