काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको उनले बताए।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो भयो। ट्रायल दिएको वर्ष दिनसम्म लाइसेन्स आउँदैन। आएकाको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ।’
उनले लाइसेन्स नहुँदा राजश्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता रहेको पनि बताए। यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै प्रिन्टर भएको र अधिकतमा क्षमतामा छपाइ गर्दा मासिक सवा लाखसम्म लाइसेन्स छपाइ हुने पनि उनले बताए। ‘सवारी लाइसेन्स छपाइका लागि अहिले २० लाखभन्दा बढी आवेदन परेको छ,’ उनले भने, ‘आवेदन परेकाको लाइसेन्स छपाइ गर्न नै डेढ वर्ष लाग्छ, नयाँ आवेदकले कहिले लाइसेन्स पाउँछन् ?’
उनले प्रदेशहरूबाट पनि लाइसेन्स छपाइको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस