हेटौंडा । बागमती प्रदेशसभाको बैठक मंगलबार बस्दैछ।
आज बिहान ११ बजे बस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/ ८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियाे। सरकारको आगामी आव २०८१/८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गरेका थिए।
यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै