रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ ।
राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी
मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
सिरहाबाट भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद