रत्ननगरमा नगर स्तरीय फुटवल सुरु

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०७५, १९ : ०८
रत्ननगरमा नगर स्तरीय फुटवल सुरु

रत्ननगर । विजय दशमीको अबसर पारेर रत्ननगर ९ मा नगर स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । भेडी टोल विकास संस्थाले आयोजना गरेको सो प्रतियोगिताको एक कार्यक्रमकाबीच नगरपालिकाका खेलकुल विकास समितिका संयोजक केशव आचार्य र वडा अध्यक्ष रोशन आचार्यले सयुक्त रुपमा उद्घाटन गरेका थिए । 

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । शनिवार भएको उद्घाटन खेल वडा नं ९ को बुद्ध युथ क्लव र वडा नं ७ को इको प्याराडाइज युवा क्लव बीच प्रतिस्पर्धा भएको टोल विकास संस्थाका अध्यक्ष लेखबहादुर तामाङले जानकारी दिए । उद्घाटन कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विनोद बस्नेत,नगरपालिकाकी प्रबक्ता सरस्वती लामा,वडा सदस्य कमानसिं चौधरी,सरस्वती आमा समुहकी अध्यक्ष इशारा तामाङ लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताको लागि वडा नं ९ वडा कार्यालय,समाजेवी सनम महत लगायतले आर्थिक सहयोग गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस