सामाजिक जागरणको अभियानमा साथ दिऔँ : कावा प्रधानमन्त्री पोखरेल

शनिबार, १३ असोज २०७५, १५ : २६
सामाजिक जागरणको अभियानमा साथ दिऔँ : कावा प्रधानमन्त्री पोखरेल

काठमाडौँ  ।  कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल बनाउने सरकारी अभियान पूरा गर्न सामाजिक जागरण आवश्यक भएको बताउनुभएको छ । 
विश्व मुटु दिवसका अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले नीतिगत व्यवधान हटाउने घोषणा गरेकाले यसमै मात्र अल्झनुको साटो सामाजिक जागरणको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको हो । 

कावा प्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘‘सामाजिक जागरणको बाटो बिर्सने हो भने राज्य तहबाट गरिएका घोषणा पूरा हुन सक्दैन, समाजको उत्थान, विकास र समृद्धिका लागि सामाजिक जागरण आवश्यक छ ।” 

जीवनलाई सन्तुलन राख्न सकेमा मानिस सफल हुन सक्ने भएकाले तनाव, रिस तथा द्वेषबाट बच्न विचार र व्यवहारलाई सन्तुलन राख्न सक्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,‘‘ जीवनलाई सन्तुलन राख्न सिकौँ, सन्तुलन नै जीवनको अर्को नाम हो, असन्तुलन भएको दिन जीवन सकिन्छ ।”  (रासस)

प्रतिक्रिया दिनुहोस