निर्मला हत्या प्रक्ररण : ‘छानविन प्रतिवेदन सार्वजनिक गर’

शनिबार, १३ असोज २०७५, १५ : ०७
निर्मला हत्या प्रक्ररण : ‘छानविन प्रतिवेदन सार्वजनिक गर’

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको हो ।

घटनाको दुई महिना भइसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाइसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस