काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले माओवादीकै चुनाव चिह्न लिएर निर्वाचित गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
त्यसका लागि नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गरेकाले कारबाही गर्न स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले सांसद देवकोटालाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी प्रदेश संसदीय दलले
स्पष्टीकरण सोधेको जानकारी दिए ।
“माओवादीले उहाँ (फणीन्द्र देवकोटा) लाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेश सभाबाट स्पष्टीकरण सोधेको छ । जवाफ आएपछि अगाडि बढेर कारबाही हुन्छ,” उनले भने । गोरखपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ जेठ २०८१, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस