काठमाडौँ । सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अल्मलिएको बताए ।
अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् ।
‘‘कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन् रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज