धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना घाईते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।
कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ। भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन्।
घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन। प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ। तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन।
शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ। धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
अमेरिकी सेनाको हतियार कारखानामा ठूलो विस्फोट, १९ जना बेपत्ता
जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते