काठमाडौँ । इरानमा राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गरिएको छ । मिडिया रिपोर्टका अनुसार जुन २८ मा हुने निर्वाचनका लागि संसदका सभामुखसहित ६ जनाको नाम अनुमोदन भएको छ ।
समाचार अनुसार पूर्व राष्ट्रपति अहमदिनेजाद इरानमा राष्ट्रपति चुनावको उम्मेदवार बन्न असफल भएका छन् । उनले राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता गराए पनि उनको नाम अनुमोदन नभएको बताइएको छ । राष्ट्रपति इब्राहिम रायसीको गत मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
कट्टरपन्थी नेताको छवि भएका पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद भावी राष्ट्रप्रमुख बन्ने दौडमा सबैभन्दा बढी चर्चा रहेको थियो । तर, उम्मेदवारी नै अनुमोदन नभएपछि अब त्यो सम्भावना सकिएको छ । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएपछि लगातार आठ वर्ष (दुई कार्यकाल) अर्थात सन् २०१३ सम्म इरानको राष्ट्रपति रहेका थिए ।
इरानको राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिएका थिए । यही कारणले उनलाई करिब तीन वर्षअघि राष्ट्रपतिको चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । २०२१ मा, अहमदिनेजादलाई इरानको संवैधानिक पर्यवेक्षक, गार्जियन काउन्सिलले अयोग्य घोषित गरेको थियो ।
अहमदिनेजादलाई इजरायलका कट्टर विरोधी पनि मानिन्छ र उनले इजरायललाई विश्वको नक्साबाट मेटाउने कुरा गरेका थिए ।
रिपोर्टका अनुसार अहमदिनेजादको छवि र उनको समर्थन आधारलाई ध्यानमा राख्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि पनि दबाब रहेको बताइएको छ ।
राष्ट्रपतिको उम्मेदवारमा तेहरानका पुर्व मेयर मोहमद बाघर क्वालीबाफ, पुर्ब सिनियर न्युकिलियर नेगोसियटर सईद जलिली, तेहरानका मेयर अलि रेजा जकानी, पुर्व मन्त्री मोस्ताफा पोउरमोहमदी, उप राष्ट्रपति अमिरहोसेन घाजीजाडेह हाशेमी र मासुउदी पेजेशाकियान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ जेठ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति
इरानी आक्रमणको युएईद्वारा कडा निन्दा, आफ्ना सैन्य बललाई 'उच्च सतर्कता' मा रहन निर्देशन