विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।
आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ । सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग