काठमाडौ । नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आज (मंगलबार) आईसीसी टी-२० विश्वकपको सुरुवात गर्दै छ।
खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।
यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ। उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ।
त्यहाँको सेन्ट भिन्सेन्ट रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्नेछ।
नेपाल १० वर्षपछि दोस्रोपटक विश्वकपमा भिड्न लागेको हो।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा