माघे संक्रान्तिको साँझ नारायणी किनारमा नेपथ्यका अमृतले गीत गाउने

विहीबार, १३ पुस २०७४, १२ : ०५
माघे संक्रान्तिको साँझ नारायणी किनारमा नेपथ्यका अमृतले गीत गाउने

चितवन । लोक, पप ब्याण्ड नेपथ्यका गायक अमृत गुरुङले आफ्ना फ्यानहरुमाझ माघे संक्रान्तिको साँझ नारायणी नदी किनारमा प्रत्यक्ष गीत गाउने भएका छन् । नेपाली गीत, संगीतको क्षेत्रमा सफलताको उचाइ चुम्न सफल नेपथ्यले ब्याण्ड स्थापनाको रजत जयन्ती मनाउने क्रममा नारायणगढमा पनि सांगीतिक प्रस्तुति दिन लागेको हो ।
नेपथ्यको सांगीतिक कार्यक्रमबारे बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । नारायणी नदी किनार नारायणगढमा माघ १ गते साँझ नेपथ्य लाईभको आयोजना गरिने आयोजक संस्था दाताज इभेन्ट म्यानेजमेण्टका दाताराम घिमिरेले जानकारी दिए । लाईभ कन्सर्टका लागि पाँच सय र एक हजार रुपैयाँको टिकट दर तोकिएको छ । कन्सर्टमा नेपथ्यको गीत सुन्न १० हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस