सिडिओसहित गृहका २५ जना सहसचिवको सरुवा

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १९ : २६
सिडिओसहित गृहका २५ जना सहसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरेको छ । 

मन्त्रालयले सोमबार(आज) मन्त्रालय तथा अन्तर्गत कार्यरत २५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी(व.सु.पु.), ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । ती जिल्लाहरूमा मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई पठाइएको हो । 

जिल्लाको चाप र परफरमेन्स अनुसार रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस