काठमाडौं । चीनले गाजाको रफाहमा इजरायलको सैन्य कारबाहीलाई ‘गम्भीर चिन्ताको विषय’ भनेको छ। चीनले इजरायललाई रफाहमा आक्रमण रोक्न अपील गरेको छ।आइतबार इजरायलले रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा हवाई आक्रमण गरेको थियो। यस आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “रफाहमा इजरायलको सैन्य कारबाही गम्भीर चिन्ताको विषय हो।”संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले पनि भने, “आक्रमणले आश्रय खोजिरहेका निर्दोष मानिसहरूको ज्यान लिएको छ।”
अमेरिकाले पनि रफाहमा भएको आक्रमणलाई पीडादायी भएको बताएको छ । तर अमेरिकाले इजरायललाई पनि आफ्नो सुरक्षा गर्ने अधिकार रहेको बताएको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आइतबार रफाहमा भएको आक्रमणलाई दुःखद दुर्घटना भनेका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ जेठ २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान