सरकारले गिरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : ४६
सरकारले गिरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने

काठमाडौं। सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसको जानकारी दिएका हुन् ।

अघिल्लो आवमा यो रंगहालाको निर्माण कार्य अगाडि बढाउने बताइएको थियो । तर छुट्याइएको उक्त बजेट कार्यान्वयनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस