काठमाडौं। सहकारी प्रकरणको छानबिन गर्ने संसदीय समितिको कार्यादेशको टुंगो लगाउन कार्यदलको निर्णायक बैठक शुरू भएको छ ।प्रमुख दलबीच कार्यादेशका विषयमा मोटामोटी सहमति भएपछि यसलाई अन्तिम रुप दिन सिंहदरबारस्थित कानून मन्त्रालयमा कार्यदलको बैठक शुरू भएको हो ।
गएराति प्रमुख दलबीच सहकारीमा भएको रकम अपचलनका विषयमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो ।
समितिले छानबिनको लागि तीन महिनाको समय पाउनेछ ।यस अघि नेपाली कांग्रेसले लामो समय गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति गठनमा अडान लिँदै आएको थियो ।
तर कांग्रेस रविको नामबाट ब्याक हुँदै समस्या देखिएका सहकारी, तिनमा जोडिएका व्यक्ति संलग्न भए यसको अनुसन्धान गर्न तयार भएको हो । आजै दिउँसोसम्ममा कार्यदलले अन्तिम रुप दिएपछि बजेट भाषण लगत्तैको प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठन हुनेछ ।
समितिमा कांग्रेस र एमालेका २/२, माओवादी केन्द्र, रास्वपा र राप्रपाका १/१ सदस्य रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो
नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै
रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै
रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो