काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।
पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।
कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्याउने बताइएको छ ।
संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । यो बीचमा कांग्रेसले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिए पनि त्यसमाथि छलफल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित : प्रचण्ड
वर्तमान सरकार बनेको १०० दिन पूरा भएपछि विरोध सुरु हुन्छ : प्रचण्ड
गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनार्दन लगायतका नेताहरु चितवनमा
रवि पक्राउ पर्न सक्छन् : प्रचण्ड
प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक