काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।
पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।
कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्याउने बताइएको छ ।
संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । यो बीचमा कांग्रेसले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिए पनि त्यसमाथि छलफल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ’ : प्रचण्ड
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?