एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।
शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुकाे अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।
कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ जेठ २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति