काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सिरहाका शीतल प्रसाद यादवलाई महासचिव पदमा मनोनीत गरेको छ ।अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिवार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ ।
सोही कार्यक्रम अघि पार्टीले यादवलाई महासचिवमा मनोनीत गरेको एक नेताले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सहभागी हुनेछन् । गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
कार्यसमितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत थुप्रै पदाधिकारीले पार्टी छाडिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालको महाधिवेशन अनिश्चित
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु