युवाको बजेट गुणात्मक रुपमा बढाउनुपर्छ: मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, ०८ : २६
युवाको बजेट गुणात्मक रुपमा बढाउनुपर्छ: मन्त्री श्रेष्ठ

भक्तपुर । राष्ट्रिय युवा परिषदद्वारा आयोजित तिनदिने युवा नेतृत्व विकास कार्यक्रम शुरु भएको छ। 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठद्वारा उद्घाटन गरिएको तीनदने कार्यक्रममा परिषदद्वारा सञ्चालित संघ र सातै प्रदेशका नमुना युवा संसदका पदाधिकारी सहभागी छन्।

' युवा मन्त्रीसंग युवा' कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले युवा सशक्तिकरणका लागि वजेट थप गर्न निरन्तर प्रयत्नशील रहेको वताए। मन्त्री श्रेष्ठले ४२ प्रतिशत युवा रहेको देशमा युवाको वजेट वढाउनुपर्ने जिकिर गरे।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरवाट प्रतिस्पर्धाका आधारमा छनौट भएका युवाहरुको वहुआयामिक क्षमता अभिवृध्दिका लागि कार्यक्रम आयोजना भएको वताए।षरिषदद्वारा सञ्चालित नमुना युवा संसद अन्तर्गत पालिका स्तरवाट छनौट भएर प्रदेश स्तरमा र प्रदेशवाट छनौट भएका संघीय स्तरमा पुगेका नमुना युवा राष्ट्रपति , प्रधानमन्त्री , प्रदेश प्रमुख , मुख्यमन्त्री , सभामुख , विपक्षी दलका नेता कार्यक्रममा सहभागी छन्।

कार्यक्रमको पहिलो दिन मंगलबार सांसदद्वय  माधवप्रसाद सापकोटा र सोविता गौतमले ' युवासंग युवा सांसद' कार्यक्रम अन्तर्गत वहस तथा अन्तरक्रिया  गरेकी थिइन्। 

कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्लले युवा र उत्प्रेरणा विषयमा, पुर्व राजदुत महेशराज दाहालले नेतृत्व र कुटनीति विषयमा, पुर्व  सचिव सुरेश अधिकारीले राजनीति र प्रशासन विषयमा सहजिकरण गरेको परिषदककी सुचना अधिकारी राजकुमारी खत्रीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस