काठमाडौ । मुलुकमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको विवरण अनुसार हालसम्म आठ हजार ४९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ ।
यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । विभागको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ९५५ वटा चारपाङ्ग्रे भित्रिएका थिए ।
वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका चार हजार ८९६ वटा, १०१ देखि दुई सय किलोवाटसम्मका १०५ वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा कार-जिप-भ्यान आयात भएको देखिएको छ ।
वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
तीनपाङ्ग्रे विद्युतीय सवारी आयात पनि सात हजार ९७० थान तयारी अवस्थाका र दुई हजार २२६ थान फिटिङ नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन्, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ जेठ २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात
रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने
कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
रात्रिकालीन सवारी नचलाउने निर्णय