ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १६ : ४६
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन

काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनले बजारमा हल्ला फैलिएजस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । एसोसिएसनका अध्यक्ष डा.रामकृष्ण खतिवडा र महासचिव डा.केदार सुवेदीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखा परेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ । केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभीएले आग्रह गरेको छ ।

भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एसोसिएसनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस