सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, १४ : ४३
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सिफारिसमा शाहीलाई शनिवार प्रदेश प्रमुख नजिर मियाँको रोहवरमा उच्च अदालत दीपायलयका मुख्य न्यायाधीश शुसिला सिंह थापाले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

०६२ देखि कानुन व्यवसायमा सक्रिय ४९ वर्षीय डडेलधुराका शाही (६) मा नेपाल ल क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस