काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा प्रकाश र मुकुन पछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ । फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनीहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जनकारी गराएका छन् ।
सोसल–ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् । यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ ।
करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो चरणको छायांकन सकियो