भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आउने

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०७५, १६ : २१
भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आउने

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमणमा आउने खबर सार्वजनिक भएको छ । 

अघिल्लो महिना सम्पन्न बिमस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आएका मोदी फेरि आगामी नोभेम्बरमा आउने तय भएको भारतीय न्यूज एजेन्सी एएनआईले जनाएको छ । 
‘भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी गर्नु भएको छ। अहिले मिति फाइनल नभएपनि राजकीय हुने यो भ्रमण सम्भवतः नोभेम्बर २८ र २९ तारिखमा गर्नेगरी छलफल भइरहेको छ’ नेपालस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले भने । 

मोदी भारतीय प्रधानमन्त्री बनेपछि यो उनको चौथो नेपाल भ्रमण हुनेछ । 

भ्रमणका क्रममा मोदी भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी जानेछन् । सो क्रममा राजनीतिक भेटवार्ता र दुई देशबीच केही समझदारी पनि हुने बताइएको छ । 

मोदीको दोस्रो नेपाल भ्रमणकै क्रममा उनी लुम्बिनी जाने तय भएको थियो । तर, सुरक्षाका कारण देखाउँदै त्यतिबेला अन्तिम समयमा रद्द गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस